इस्लिङ्टन थाइल्यान्ड र म्यानमारमा बिए कोर्ष म्यानेजमेन्ट गरी डलर आम्दानी गर्ने कलेज बन्दै

<p>काठमाडौं । इस्लिङ्टन कलेजले थाइल्यान्ड र म्यानमारमा बिए (अनर्स) कोर्ष सञ्चालनको लागि व्यवस्थापन गर्ने भएको छ । लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) कोर्ष थाइल्यान्ड र म्यानमारमा सञ्चालन गर्नको लागि कलेजले व्यवस्थापन गर्ने भएको हो । शनिबार काठमाडौंमा भएको एक समारोहकाबीच म्यानमार र थाइल्यान्डमा इस्लिङ्टन कलेजको म्यानेजमेन्टमा बिए (अनर्स) कार्यक्रम सञ्चालन गर्ने विषयमा चारपक्षीय (लन्डन मेट्रोपोलिटन [&hellip;]</p>

काठमाडौं । इस्लिङ्टन कलेजले थाइल्यान्ड र म्यानमारमा बिए (अनर्स) कोर्ष सञ्चालनको लागि व्यवस्थापन गर्ने भएको छ । लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) कोर्ष थाइल्यान्ड र म्यानमारमा सञ्चालन गर्नको लागि कलेजले व्यवस्थापन गर्ने भएको हो ।

शनिबार काठमाडौंमा भएको एक समारोहकाबीच म्यानमार र थाइल्यान्डमा इस्लिङ्टन कलेजको म्यानेजमेन्टमा बिए (अनर्स) कार्यक्रम सञ्चालन गर्ने विषयमा चारपक्षीय (लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, इस्लिङ्टन कलेज, माई सेकेन्ड टिचर र आरभिआई ग्रुप)बीच समझदारी भएको छ । नेपाली कलेजहरुको तर्फबाट विदेशी शैक्षिक कार्यक्रमलाई अन्य मुलुकमा व्यवस्थापन गर्ने व्यवसायिक जिम्मेवारी पाएको यो पहिलोपटक हो ।

सो समझदारीअनुसार विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले लन्डन विश्वविद्यालयको बिए कोर्ष थाइल्यान्ड र म्यानमारमा सञ्चालनको लागि भूमिका खेल्नेछ भने इस्लिङ्टन कलेजले ती कलेजमा विद्यार्थीलाई परामर्श, भर्ना, क्षमता अभिवृद्धि र परीक्षामा मूल्यांकनको भूमिका निर्वाह गर्नेछ । आइएनजी ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यो समझदारी नेपालको शैक्षिक इतिहासमा महत्वपूर्ण कार्य भएको बताएका छन् । ‘हामीले नेपालमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नको लागि पहिलोपटक विदेशी शैक्षिक कार्यक्रम भित्र्याएका थियौं भने पहिलोपटक विदेशी मुलुकमा शैक्षिक व्यवस्थापन गरेर मुलुकका लागि डलर भित्र्याउने भएका छौं’, बुढाथोकीले भने ।

थाइल्यान्ड र म्यानमारका कलेजमा व्यवस्थापन गरेवापत निश्चित रकम आफ्नो कलेजले प्राप्त गर्ने बताउँदै उनले कलेजहरुको सञ्चालनको जिम्मेवारी आरभिआई ग्रुपले गर्ने हुँदा कलेजले लगानी गर्नुनपर्ने बताए । बुढाथोकीका अनुसार सो समझादारी सँगै नेपालका विद्यार्थीहरुले आगामी ग्रयाजुएसन समारोहमा एकअर्का देशबीचमा गएर गर्नसक्नेछन् ।

समझदारीअनुसार माई सेकेन्ड टिचरले अनलाइन प्लेटफर्मको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । कलेजहरुमा माई सेकेन्ड टिचरको सहयोगमा विद्यार्थीहरुलाई पाठ्यक्रम सामग्री उपलब्ध गराइनेछ । साथै अनलाइन कक्षा सञ्चालनको लागि शिक्षकहरुको व्यवस्था पनि माई सेकेन्ड टिचरले गर्नेछ ।

सम्झौतापत्रमा आरभिआई ग्रुपका आर्गस एङ्ग, माई सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङ्टन कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए । विगत १२ वर्षदेखि लन्डन मेट्रोपोलिटन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको इस्लिङटन कलेजले निरन्तर रुपमा गरेको विकासलाई आधार बनाएर विश्वविद्यालयले सो जिम्मेवारीमा साझेदारी गरेको आइएनजी ग्रुपका अध्यक्ष शुलभ अग्रवालले बताएका थिए ।

समझदारीले दक्षिण एशियाका मुलुकहरुका विद्यार्थीलाई लन्डन मेट्रोपोलिटन विश्विद्यालयको बिजनेस पाठ्यक्रममा थप पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News