नेपाली मोवाइलको बजारमा नयाँ ब्राण्ड थपिने, युरोपमा चर्चित प्रिमियम ‘युएमआई’ आउँदै

<p>काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको  प्रिमियम मोवाइल ब्राण्ड &#8216;युएमआई&#8217; नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो। न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि &#8216;टाइप अप्रुभल&#8217;को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए।   राईसहित सातजनाको संयुक्त [&hellip;]</p>

काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको  प्रिमियम मोवाइल ब्राण्ड ‘युएमआई’ नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो।

न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि ‘टाइप अप्रुभल’को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए।
 umi
राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ।
तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ।
कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ।
कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। ‘युएमआई लण्डन’, ‘युएमआई टच’ र ‘युएमआई सुपर’ नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।

Share News