काठमाडौं, ९ असोज । यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी टोल सरसफाई कार्यक्रम आयोजना गरेको थियो । बैंकले दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं, दलाछीमा शनिबार टोल सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सभासद ध्यानगोबिन्द रंजितले समाजीक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाब र सहकार्यको लागी बैंकलाई धन्यबाद दिएका थिए । टोल सरसफाई कार्यक्रममा स्थानीय बासिन्दाहरुको पनि सहभागीता रहेको थियो ।
बैंकको “ संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्ले सामाजिक हितका लागी हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।