
काठमाडौं । भक्तपुरको सुर्यविनायकमा रहेको सुवाल इन्टरनेशनल कलेजले मेडिकल शिक्षामा भर्ना खुलाएकोमा चिकित्सा शिक्षा आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । आयोगले आइतबार एक विज्ञप्ति निकाल्दै आयोगबाट अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले चिकित्सा शिक्षाका विभिन्न विधाहरुमा भर्ना आह्वान गरेको प्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको हो ।
आयोगका सूचना अधिकारीले विकासन्युजसँग कुरा गर्दै भक्तपुर, सुर्यविनायकमा रहेको सुवाल इन्टरनेशनल कलेजले चिकित्सा शिक्षा अध्यापनको लागि आयोगसँग अनुमति नलिएको बताए । केही राष्ट्रिय पत्रिकामा चिकित्सा शिक्षाको विभिन्न विधामा भर्ना खुलाएको भन्दै विज्ञापन आएकोमा आयोगको ध्यान आकर्षण भएको उनले बताए ।
गैरकानूनी रुपमा सञ्चालन भएको कलेजलाई कारवाहीको विषयमा आयोगको पहलको विषयमा सोध्दा गैरकानूनी रुपमा काम गर्ने संस्थालाई कारवाही गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको भएको उनले बताए ।
सुवाल इन्टरनेशनल कलेजले प्लस टु, मेडिकल, इन्जिनियरिङ लगायतका थुप्रै विषयहरु आफ्ना शैक्षिक कार्यक्रम रहेको भन्दै आफ्नो वेबसाइटमा लेखेको छ ।
आयोगको सूचना
