याहूका ५० करोड एकाउन्ट ह्याकिङको शिकार, एप्पलसहित ८५ कम्पनी निशानामा

<p>काठमाडौं, ८ असोज। विश्वप्रसिद्ध इमेल सेवाप्रदायक कम्पनीले दुई वर्ष अघि एक ठूलो कम्पनीले आफ्नो नेट्वर्कमा पसेर कम्तिमा पनि ५० करोड युजरको जानकारी ह्याक गरेको पुष्टि गरेको छ। अहिले पनि याहू इन्टरनेट सर्वाधिक प्रयोग हुने साइटमध्येमा पर्छ । जहाँ एक महिनामा करिब एक अरब यूजर्स आउँछन् । विशेषज्ञले याहूका युजरलाई आफ्नो पासवर्ड तत्काल परिवर्तन गर्न सल्लाह दिएका [&hellip;]</p>

काठमाडौं, ८ असोज। विश्वप्रसिद्ध इमेल सेवाप्रदायक कम्पनीले दुई वर्ष अघि एक ठूलो कम्पनीले आफ्नो नेट्वर्कमा पसेर कम्तिमा पनि ५० करोड युजरको जानकारी ह्याक गरेको पुष्टि गरेको छ।

अहिले पनि याहू इन्टरनेट सर्वाधिक प्रयोग हुने साइटमध्येमा पर्छ । जहाँ एक महिनामा करिब एक अरब यूजर्स आउँछन् । विशेषज्ञले याहूका युजरलाई आफ्नो पासवर्ड तत्काल परिवर्तन गर्न सल्लाह दिएका छन्।

Yahoo

याहूले आफ्नो एक विज्ञप्तीमा चोरिएका विवरणमा नाम, ईमेल एड्रेस, टेलिफोन नम्बर, जन्ममिति र इन्क्रिप्टेड पासवर्ड पनि रहेका छन् । यसअघि सन् २०१४ मा पनि याहुमा आक्रमण प्रयास भएपछि सुरक्षा खतरा बढेको थियो ।

कम्पनीले यो काम सरकारकै संलग्नतामै भएको निचोड निकालेको छ। तर पनि कम्पनीले यसबारेमा कुनै पनि देशको सरकारलाई मुछेको छैन ।

याहुले दुई वर्षअघि भएको यो घटनाको विवरण किन अहिले सार्वजनिक गरियो भन्ने पनि केही खुलाएको छैन ।

याहुको यो खुलासाको असर याहूलाई ४.८ अर्ब डलरमा अधिग्रहण गर्ने भेरिजोन डट कमलाई पनि पर्न सक्ने अवस्था छ। यसैबीच बिहीवार भेरिजोनले आफूलाई याहुले डाटा चोरिएको जानकारी दुई दिनअघि मात्रै दिएको पुष्टि गरेको छ।

भेरिजोनले यो मामिलाको जाँच अघि बढाउँदै आफ्ना यु्जरको सुरक्षाका लागि स्थितिको मूल्याङ्कन गरेर अघि बढ्ने जनाएको छ ।

उल्लेखनीय कुरा के हो भने याहु मेल विश्वकै सबैभन्दा पुरानो ईमेल सेवा हो । जहाँ यूजरले केवल फोटो एलबम या मेडिकल सूचनामात्रै होइन, बैंक खाताको पनि जानकारी आदानप्रदान गरिरहेका हुन्छन्।

याहूबाट चोरिएका डाटा एकदमै महत्पू‍र्ण रहेका छन् किनकि चोरिएका डाटाको सिधा सम्बन्ध युजरको बैंक खाता, सामाजिक सञ्जालको प्रोफाइल, वित्तीय सेवा र उनका साथी तथा परिजनसँग पनि जोडिएको हुन्छ ।

होल्डन सुरक्षा एजेन्सीका प्रमुख एलेक्स होल्डनले वेबबाट याहूको गोप्य विवरण चोरिँदा युजरको गोपनियतामा गम्भीर असर पर्ने बताएका छन् ।

याहूले भने उसले यस मामिलालाई लिएर कानुन एवम् व्यवस्था बनाइराख्नका लागि एजेन्सीसँग मिलेर काम गरिरहेको जनाएको छ ।

रुसबाट अमेरिकाका ८५ शीर्ष कम्पनीमा ह्याकिङ
साइबर सुरक्षासँग जोडिएका विशेषज्ञले रूसबाट एप्पल र अमेजान समेत अमेरिकाका ८५ शीर्ष कम्पनीमाथि लक्षित गरी  ह्याकिङ्ग गरेको खुलासा भएको छ ।

विशेषज्ञले हमलाका लागि उपयोग गरिएको कन्फिग्रेशन फाइलबाट यस्तो पत्ता लगाएका हुन् । यी कम्पनीको साइट ह्याकिङ गर्नका लागि ह्याकर्सले रूसी सर्भरको प्रयो गरेको पनि खुलेको छ ।

विशेषज्ञले यसका लागि अनलाइन च्याटिङ्गका क्रममा रूसी भाषाको प्रयोग भएको कुरा पनि खुलासा गरेका छन् ।

८५ ठूला कम्पनीमा अमेरिकन एयरलाइन्स, एप्पल, पीजा हट, बेस्ट बाइ, गो ड्याडी, ई-बे, उबेर, पेपल र म्याक डोनाल्ड आदि रहेका छन् ।

Share News