
काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरुलाई समतामा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गत क्याम्पसहरुलाई समतामा आधारित अनुदान उपलब्ध गराउन लागेको जनाएको छ ।
पिछडिएका, दुर्ग र प्रकोप प्रभावित क्षेत्रमा सञ्चालित आंगिक र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुलाई निर्धारित मापदण्डका आधारमा अनुदान उपलब्ध गराउन लागिएको आयोगले जनाएको छ । अनुदान लिनका लागि इक्विटी ग्र्यान्ट गाइडलाइन्सको बुँदा नम्बर ३.१ अन्तर्गतको अनुच्छेद १९ बमोजिम योग्यता पुगेका सम्बन्धित विश्वविद्यालयका इच्छुक क्याम्पसले गाइडलाइन्सको अनुसूची ३ को एथ्री.वानमा तोकिएका आवश्यक कागजात सहित आगामी पुस २४ गते सम्म आफ्नो विश्वविद्यालयको आधिकारिक इमेल वा रजिष्ट्रारको कार्यालयमा आशय पत्र/आवेदन पेश गर्न आयोगले भनेको छ ।
सूचनासँग सम्बन्धित इक्विटी गाइडलाई आयोगको वेबसाइटबाट समेत हेर्न सकिने व्यवस्था रहेको छ । आयोगकाअनुसार सञ्चालन गरेको उच्च शिक्षा कार्यक्रम विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेको छ ।
सूचना :
