काठमाडौं, ८ असोज । नेपाल–जापान कुटनैतिक सम्बन्ध स्थापनाको ६० औं बर्षगाँठमा नेपाल चेम्बर अफ कमर्शले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
प्रभातफेरीमा आपूर्ति मन्त्री दिपक बोहोरा, वाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्याय, परराष्ट्र सचिव झविन्द्र ओझा, नेपालका लागि जापानका राजदूत मासासी ओगावा लगायतको सहभागीता रहेको थियो ।
उनीहरुले परेवा उडाएर प्रभातफेरीको शुभारम्भ गरेका थिए । कान्तिपथबाट सुरु भएको प्रभातफेरी भोटाहिटी, असन, इन्द्रचोक, मखन, हनुमानढोका हुदैं बसन्तपुर पुगेको थियो ।
नेपाल–जापान कुटनैतिक सम्वन्ध स्थापना भएको ६०औं वर्षको अवसरमा चेम्वरले भृकुटीमण्डपमा एक्स्पो आयोजना गरिरहेको छ ।