विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्तर समारोह सम्पन्न

<p>विराटनगर । विराटनगर इन्टरनेशनल कलेज, बिराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ । एतिहासिक र भब्य रुपमा सम्पन्न दीक्षान्त समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन । दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ । दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र [&hellip;]</p>

विराटनगर । विराटनगर इन्टरनेशनल कलेज, बिराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ ।

एतिहासिक र भब्य रुपमा सम्पन्न दीक्षान्त समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन । दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ ।

दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको लागि अत्यन्तै महत्वपुर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए । स्नातकतह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल गुर्पले छात्रवृतिको व्यवस्था गरेको छ ।

ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबिए अध्ययन गर्न पाउनेछन् । जुन आइएनजीले सञ्चालन गरेको छ । दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति ( प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका सम्पुर्ण टीमलाई धन्यवाद दिए । प्रो भाइस चन्सलर टिमले यो कलेजले विश्वविद्यालयको सपना पुरा भएको बताउदै भने ‘अब बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा संचालन हुँदैछ ।’

‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयले सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न मेरो सुझाव छ’ उनले भने ।

 

Share News