मंसिर १५ गतेदेखि विभिन्न सहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुँदै

<p>काठमाडौं । गोल्डेन ओकले थप सहरहरूमा &#8216;गोल्डेन ओक कमेडी यात्रा&#8217; सञ्चालन गर्ने भएको छ । गोल्डेन ओकले गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते गोल्डेन ओक कमेडी यात्रा संचालन गर्ने भएको हो । गोल्डेन ओकले यसअघि बिर्तामोड, दमक, इटहरी, विराटनगर र [&hellip;]</p>

काठमाडौं । गोल्डेन ओकले थप सहरहरूमा ‘गोल्डेन ओक कमेडी यात्रा’ सञ्चालन गर्ने भएको छ ।

गोल्डेन ओकले गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते गोल्डेन ओक कमेडी यात्रा संचालन गर्ने भएको हो ।

गोल्डेन ओकले यसअघि बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा कमेडी यात्रा सम्पन्न गरिसकेको छ ।

यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाललगायतले सम्पूर्ण दर्शकहरूका लागि मनोरञ्जन र कमेडीको प्रस्तुति दिने आयोजकले जनाएको छ ।

 

Share News