दशैंका लागि सस्ता टिकट नै बेच्दैनन् आन्तरिक वायुसेवा, स्थलमार्गको बुकिङ खुला, आकाशमार्गको टिकटै नपाइने समस्या

<p>काठमाडौं ७, असोज । आन्तरिक वायुसेवा कम्पनीले बर्षेभरी सस्ता र सहुलियत दरका टिकट बेच्ने भएपनि हरेक वर्षको दशैंका लागि भने महङ्गा टिकेट मात्रै बिक्री गर्ने गरेका छन् । दशैंका लागि आम सर्वसाधारण तथा कम आय हुनेले सस्तो टिकेट खोज्ने गरेका भएपनि आन्तरिक उडानका वायुसेवाले भने सस्ता टिकट नै नबेच्ने गरेको बताएका छन् । दशैं सबै [&hellip;]</p>

काठमाडौं ७, असोज । आन्तरिक वायुसेवा कम्पनीले बर्षेभरी सस्ता र सहुलियत दरका टिकट बेच्ने भएपनि हरेक वर्षको दशैंका लागि भने महङ्गा टिकेट मात्रै बिक्री गर्ने गरेका छन् ।

दशैंका लागि आम सर्वसाधारण तथा कम आय हुनेले सस्तो टिकेट खोज्ने गरेका भएपनि आन्तरिक उडानका वायुसेवाले भने सस्ता टिकट नै नबेच्ने गरेको बताएका छन् ।

दशैं सबै वायुसेवा कम्पनीका लागि सिजन भएकोले सस्तो टिकट नै नराख्ने गरिएकको सम्वधित वायुसेवा कम्पनीको भनाइ छ । आन्तरिक उडान बढी यात्रु चाप हुने पोखरा, विराटनगर, भैरहवा, नेपालगन्जलगायतका शहरी क्षेत्रका गन्तव्यमा जान चाहने यात्रुले अनिवार्य रूपमा अघिपछिको भन्दा महङ्गै टिकेट किन्नुपर्ने बाध्यता रहेको छ ।
buddha---air
दशैंका लागि स्थलमार्गबाट जान चाहने यात्रुले चाहेको दिन र चाहेकै संख्यामा टिकेक बुक गर्न पाउने भएपनि हवाई मार्गको भने टिकटै नपाउने समस्या रहेको छ ।

दशैंका लागि सबै वायुसेवाले सस्तो टिकेट बिक्री नगर्ने र महङ्गो मात्रै बेच्ने गरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए ।

उनका अनुसार सबै गन्तव्यमा यात्रुको चाप नहुने भएपनि शहरी क्षेत्रका विमानस्थलमा जाने यात्रुले भने अन्य समयको तुलनामा चाडै बुकिङ गर्छन । यात्रुको चाप बढी हुने र सिमित टिकेटका कारण दशैं भन्दा धेरै अगाडि टिकेट बुकिङ हुने पनि उनको भनाइ छ ।

सवारी साधानको सस्तो आजबाट बुकिङ खुल्यो भन्ने हवाई टिकेटमा हुँदैन, जोशीले भने । पाँच वर्षपछाडिको टिकेट कसैले माग्छ भने पनि अहिले नै हामीले दिन सक्ने भएकोले पनि बुकिङ खुलाइरहुनपर्ने जरुरी नभएको उनको भनाइ छ । दशैंका धेरै गन्तव्यमा काठमाडौैंबाट बाहिर जाने यात्रु भर्नुपर्ने चिन्ता नहुने भएकोले पनि बुकिङ खुलाको औपचारिकता नहुने उनको बुझाइ छ ।  जहाँ यात्रु धेरै हुन्छ त्यहाँ प्रवद्र्धन गर्ने पर्दैन ।

काठमाडौंबाट दशैंलाई बाहिर जाने यात्रुको चाप बढी हुने भएपनि बाहिरबाट आउने यात्रुको चाप निकै न्युन हुन्छ । दशैंको फूलपातीदेखी टीकाको दिनसम्मका लागि बाहिरबाट काठमाडौं आउनेका लागि विशेष छुट दिने र प्रवद्र्धनात्मक भाडादरमा नै टिकेट बिक्री गर्ने गरेको वायुसेवा कम्पनीको भनाइ छ ।

हाल नियमिन उडानका वायुसेवा कम्पनीमा बुद्ध, यति, तारा, सिम्रिक, गोमा एयर रहेका छन् । यी वायुसेवा मध्ये काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्ने वायुसेवामा यात्रु चाप हुने गरेको छ ।

दशैंका लागि सबैजसो बायुसेवाले बुकिङ खुला नगर्दै सबै टिकेट सकिएकोले अब यात्रुले टिकेट पाउनै मुस्किल रहेको सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालका महासचिव मधुसूदन उपाध्यायले बताए । उनका अनुसार केही टिकट बाँकी रहेका भए पनि अब आमसर्वसाधारणले पाउने सम्भावना छैन ।

हवाई जहाजको टिकट बुकिङ सधै खुला

हरेक वर्ष दशैंका लागि जहाज चढेर समयमा नै गन्तव्यमा पुग्न चाहने यात्रुको संख्या बढ्नै जाने गरेको छ । वायुसेवा कम्पनी नबढेका र जहाज थप गरेर सेवा विस्तारसमेत नगरेका कारण दशैंमा टिकेटको समस्या हुने गरेको छ । हवाई जहाज कम्पनीले एक वर्ष अगाडि नै टिकेट लिन चाहे दिने भएकोले पनि अग्रमि बुकिङ नै नखुलाई टिकेट सकिने गरेका छन् ।
simrik-airlines
सस्तो टिकको पैसा फिर्ता नगर्ने र महगोकै मूल्यमा बेच्ने

आन्तरिक उडान गर्ने सबै वायुसेवा कम्पनीले सस्तो र महङ्गो गरी टिकेटको दर निर्धारण गरेका हुन्छ । सस्तो टिकेट भनेर विक्री गरिने टिकेटको पैसा फिर्ता नहुने सर्त सम्वन्धित वायुसेवाले राख्ने गरेका छन् ।

कुनै कारणबस यात्रु नआए टिकेटको पैसा फिर्ता नहुने सर्त राखेर विक्री हुने यो टिकेटमा वायुसेवा कम्पनीले भने महङ्गोमा बिक्री गर्ने गरेका छन् । कुनै यात्रुले सस्तो टिकेट काटेको र त्यसलाई रद्द गरे सम्वन्धित वायुसेवाले एक घण्टा अगाडि भएपनि त्यो टिकेटलाई महंङ्गोमा बेच्ने गरेका छन् ।

सस्तो टिकेटको पैसा फिर्ता नभएपछि की त्यो सिट खाली नै उड्नुपर्छ हैन भने अर्को व्यक्तिलाई बेचियो भने पनि सस्तैमा दिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने ।

टिकेटकै गुनासो बढेका कारण प्राधिकरणले हवाई टिकेन नियमावली बनाएको भएपनि कार्यान्वयन नै हुन नसकेको प्राधिकरणकै भनाइ छ । प्राधिकरणका अनुसार कुनै यात्रुले गुनासो गरेको अवस्थामा कारवाही गर्न सकिने भएपनि यस्तो विषयमा गुनासो नै नआउने गरेकोले सम्वन्धित वायुसेवाले फाइदा लुटिरहेका छन् ।

अतिरिक्त उडानमा सर्वसाधारणको पहुँच पुग्दैन

आन्तरिक वायुसेवाले नियमति उडान भन्दा थप गरेर एक दुईवटासम्म अतिरिक्त उडान गर्ने गरेका भएपनि यो उडानमा सर्वसाधारणको पहुँच नै पुग्दैन ।

व्यपारी, सरकारी अधिकारी, ट्राभल एजेन्सीका आफन्त र वायुसेवा कम्पनीका आफन्तले नै टिकेट ओगट्ने भएकोले हरेक वर्ष आन्तरिक वायुसेवाले गर्ने भनेको अतिरिक्त उडान सर्वसाधारणका लागि बेल पाक्यो कागलाई हर्ष न विस्मात हुने गरेको प्राधिकरणकै एक अधिकारीको बुझाइ छ ।

स्थलमार्गको टिकट बुकिङ खुला

दशैंका लागि सार्वजनिक सवारी साधानमार्फत उपत्यकाबाहिर जाने यात्रुको शुक्रबारदेखि बसको टिकट अग्रिम बुकिङ खुलेको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो ।
Araniko_bus
नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलले शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु भएको बताए । पोखरा, चितवनसहतिका नजिकका गन्तव्यमा जानेको हकमा भने दुइतीनदिनपछि मात्रै बुकिङ खुल्ने उनको भनाइ छ ।

१२ स्थानमा सहायता कक्ष

टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेल र तिलगंगामा यात्रु सहायता कक्ष हुनेछ ।

बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाका एसपी लोकेन्द्र मल्लका अनुसार सहायत कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।

Share News