काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धनमा काठमाडौं तिनकुनेस्थित आइएसएमटी कलेजमा स्नातक तह अध्ययन गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
सन्डरल्याण्ड विश्वविद्यालय प्रोफेसर जोन मुरोको प्रमुख आतिथ्यमा सम्पन्न सो दिक्षान्त समारोहमा बिबिए बिएचएम र बिएस्सी आइटीमा उत्तिर्ण ३०८ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।
आइएसएमटी कलेजले काठमाडौं चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज संचालन गरिरहेको छ ।