माध्यमिक तह तृतिय श्रेणी पदको नतिजा सार्वजनिक, मधेसबाट सबै फेल

<p>काठमाडौं । शिक्षक सेवा आयोग माध्यमिक तह तृतिय श्रेणीको नतिजा सार्वजनिक भएको छ । आयोगले ०७८/१२/१७ र ०७९/०३/११ गते लिएको लिखित परीक्षाको मंसिर १० गते शनिबार सूचना प्रकाशित गर्दै सो नतिजा प्रकाशन गरेको हो । जसमा प्रदेश १ मा २४, बागमती प्रदेशबाट २ जना, गण्डकी प्रदेशबाट ५ जना, लम्बिनी प्रदेशबाट जना, कर्णाली प्रदेशबाट ७ जना [&hellip;]</p>

काठमाडौं । शिक्षक सेवा आयोग माध्यमिक तह तृतिय श्रेणीको नतिजा सार्वजनिक भएको छ । आयोगले ०७८/१२/१७ र ०७९/०३/११ गते लिएको लिखित परीक्षाको मंसिर १० गते शनिबार सूचना प्रकाशित गर्दै सो नतिजा प्रकाशन गरेको हो ।

जसमा प्रदेश १ मा २४, बागमती प्रदेशबाट २ जना, गण्डकी प्रदेशबाट ५ जना, लम्बिनी प्रदेशबाट जना, कर्णाली प्रदेशबाट ७ जना र सुदुरपश्चिम प्रदेशबाट १४ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । तर, मधेस प्रदेशमा ८ जनाको लागि आवेदन खुलाइएकोमा एक जनाले पनि नाम निकाल्न सफल नभएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

लिखित परीक्षामा नाम निकालेका परीक्षार्थी मध्ये गणित र विज्ञान विषयको अन्तवार्ता यही मंसिर २८ गते सम्वन्धित प्रदेशमा पर्ने शिक्षा विकास निर्देशनालयमा हुने आयोगले सूचनामा उल्लेख गरेको छ ।

आयोगको सूचना हेर्न यहाँ  क्लिक गर्नुहाेस्

Share News