सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच भुक्तानी सम्झौता

<p>काडमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओभरसिज रेमिट प्रा.लिबीच विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र ओभरसिज रेमिटका तर्फवाट जापानी प्रतिनिधि निर्देशकद्वय भुषण घिमिरे र रोशन के सीले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप जापानमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तहरूलाई ओभरसिज रेमिट प्रालि [&hellip;]</p>

oversee-remiteकाडमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओभरसिज रेमिट प्रा.लिबीच विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र ओभरसिज रेमिटका तर्फवाट जापानी प्रतिनिधि निर्देशकद्वय भुषण घिमिरे र रोशन के सीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप जापानमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तहरूलाई ओभरसिज रेमिट प्रालि मार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखाहरु तथा देशैभरि फैलिएर रहेका सहायक प्रतिनिधिहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्ने छन् ।

यस अघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल र बुम रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बंैकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरु संग सम्झौता गरि विप्रे्रषण सेवालाई विस्तार गर्दै लैजाने योजना राखेको छ ।

Share News