भारतमा एप्पलले आईफोनको मूल्य २२ हजार भारु घटायो, नेपालमा पनि घट्न सक्ने

<p>काठमाण्डौं, ५ असोज। बजारमा प्रभाव घट्दै गएको एप्पलले आफ्नो आईफोनको बिक्रि बढाउन आईफोन ६ को मूल्यमा ठूलो कटौती गरेको छ। भारतीय बजारमा मात्र यो आईफोन ६ मा २२ हजार भारुले मूल्य कटौती गरेको हो। आफ्नो नयाँ आईफोन ७ सार्वजनिक गरेपछि पहिलेको मोडलमा एप्पलले मूल्य समायोजन गरेको हो। प्रतिस्पर्धी सामसुङका फोनहरु ब्याट्रीको समस्याले भकाभक बजारबाट फिर्ता हुँदै [&hellip;]</p>

काठमाण्डौं, ५ असोज। बजारमा प्रभाव घट्दै गएको एप्पलले आफ्नो आईफोनको बिक्रि बढाउन आईफोन ६ को मूल्यमा ठूलो कटौती गरेको छ।

iphone 6s first

भारतीय बजारमा मात्र यो आईफोन ६ मा २२ हजार भारुले मूल्य कटौती गरेको हो। आफ्नो नयाँ आईफोन ७ सार्वजनिक गरेपछि पहिलेको मोडलमा एप्पलले मूल्य समायोजन गरेको हो।

प्रतिस्पर्धी सामसुङका फोनहरु ब्याट्रीको समस्याले भकाभक बजारबाट फिर्ता हुँदै गर्दा एप्पले आफ्नो ठूलो बजार रहेको भारतमा मूल्य घटाएको छ।

भारतीय बजारमा घटेको पुराना मोडलको एप्पलका आइफोनले नेपाली बजारमा पनि प्रभाव पार्ने देखिन्छ। केही समयमा नेपाली बजारमा पनि आईफोनको मूल्य केही गिर्ने सम्भावना रहेको छ।

Share News