ग्यालेक्सी एस ७ पड्किने समस्याका कारण सामसुङको सेयरमा धक्का, विश्वभर स्टक मार्केटमा गिरावट

<p>काठमाडौं, ५ असोज। संसारभरी सामसुङ मोवाइलमा समस्या अाएपछि त्यसको धक्का विभिन्न देशका स्टक एक्सचेन्जमा परेको छ। सामसुङ मोवाइलको नयाँ भर्सनको ग्यालेक्सी एस ७ र एजमा चार्च गर्दा वा चलाउँदा पड्किने समस्या अाएपछि त्यसको प्रत्यक्ष असर उसको सेयरमा परेको हो। गत हप्ता अमेरिकी स्टक एक्सचेन्ज एनवाइएसईमा सामसुङको सेयर मूल्यमा व्यापक गिरावट आएको हो। एनवाइएसईमा सामसुङको सेयर मूल्य ६ [&hellip;]</p>

काठमाडौं, ५ असोज। संसारभरी सामसुङ मोवाइलमा समस्या अाएपछि त्यसको धक्का विभिन्न देशका स्टक एक्सचेन्जमा परेको छ। सामसुङ मोवाइलको नयाँ भर्सनको ग्यालेक्सी एस ७ र एजमा चार्च गर्दा वा चलाउँदा पड्किने समस्या अाएपछि त्यसको प्रत्यक्ष असर उसको सेयरमा परेको हो।

american-stock-exchange

गत हप्ता अमेरिकी स्टक एक्सचेन्ज एनवाइएसईमा सामसुङको सेयर मूल्यमा व्यापक गिरावट आएको हो। एनवाइएसईमा सामसुङको सेयर मूल्य ६ अंकले घटेको छ भने स्मार्टफोन बजारमा सामसुङसंग प्रतिस्पर्धा गरिरहेको एप्पलको भने ३ अंकले सेयर मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

त्यस्तै हङकङ, जापान, बेलायत, स्विस तथा विभिन्न देशमा पनि सामसुङको सेयर मूल्यमा गिरावट अाएको हो।

उडानमा समेत प्रतिवन्ध

इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको विमान सेवाका अधिकारीले बताएका छन् ।

galaxy-note-blast-australia1

कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए) ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस. बुटारबुटारले बताए ।

गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ ।

गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ ।

Share News