ट्‍वीटरको नयाँ फिचर, जिआइएफ, फोटो र भिडियोमा अक्षर नगनिने

<p>काठमाडौं, ५ असोज। माइक्रो ब्लगिङ्ग साइट ट्‍वीटरले प्रयोगकर्तामैत्रि एउटा ठूलो घोषणा गरेको छ । अब ट्वीटमा एट्याच गरिने फोटो, जीआईएफ फोटो र भिडियो १४० अक्षरको हिस्सा हुनेछैनन् । तर अहिले यसलाई ट्वीटरले परीक्षण गरिरहेको छ । यसको परीक्षणका लाग ट्वीटरले थोरे सङ्ख्याका प्रयोगर्तालाई यो सुविधा दिएको छ । यसका अलावा कम्पनीले ट्‍वीटरमा कयौं अन्य परिवर्तन पनि [&hellip;]</p>

काठमाडौं, ५ असोज। माइक्रो ब्लगिङ्ग साइट ट्‍वीटरले प्रयोगकर्तामैत्रि एउटा ठूलो घोषणा गरेको छ । अब ट्वीटमा एट्याच गरिने फोटो, जीआईएफ फोटो र भिडियो १४० अक्षरको हिस्सा हुनेछैनन् ।

तर अहिले यसलाई ट्वीटरले परीक्षण गरिरहेको छ । यसको परीक्षणका लाग ट्वीटरले थोरे सङ्ख्याका प्रयोगर्तालाई यो सुविधा दिएको छ । यसका अलावा कम्पनीले ट्‍वीटरमा कयौं अन्य परिवर्तन पनि गरेको छ ।

Twitter-150x150

अहिलेसम्म ट्‍वीटरमा कुनै पनि ट्वीटका लागि १४० अक्षरको सीमा रहेको छ । यस सीमामा फोटो, जीआईफ फोटो र भिडियो पनि सामेल छन् ।

उदाहरणका लागि यदि तपाईंले कुनै फोटोसहित ट्वीट गर्नुहुन्छ भने तपाईंको ट्वीट ११८ अक्षरमा घट्छ । साधरणतया २२ अक्षरको फोटो हुने गरेको छ।

अब ट्‍वीटरको यो घोषणापछि केही हप्तामै फोटोसँग ट्वीट गर्दा १४० अक्षर नै पाइनेछ । यसले धेरै ट्वीटर प्रयोगकर्तालाई खुसी बनाउनेछ । छोटो शब्दमा ट्वीट गर्नुपर्ने भएकाले धेरै मानिसले यो समस्यामा गुनासो गर्दै आएका थिए ।

ट्‍वीटरले एक भिडियो ट्वीट गर्दै अब फोटो र अन्य मिडिया एट्याच गरेर सेयर गर्नुपरेमा यसलाई १४० अक्षरभित्र गनिने छैन ।

रिप्लाईमा मिल्नेछ धेरै सहूलियत

नयाँ अपडेटसँगै अब कुनै ट्वीटको रिप्लाईमा जोडिने युजर नेम अब क्यारेक्टरमा गनिने छैन । यसभन्दा अघि कुनै ट्वीट कनभर्सेसनमा युजरनेम लेख्दा पनि अक्षरको गणना हुन्थ्यो । यो नयाँ फिचर ट्‍वीटर फ्यानका लागि विशेष सुविधा हो ।

आफ्नै ट्वीट पनि अब क्वेट ट्वीट हुने 

ट्‍वीटरले एक अर्को खास फिचरको पनि घोषणा गरेको छ । यस घोषणा अनुसार ट्‍वीटर प्रयोगकर्ताले आफ्नै ट्वीट पनि क्वेट-रिट्वीट गर्न सक्नेछन् । आफ्नो ट्वीटलाई क्वेट-ट्वीट गर्ने सुविधा पनि नयाँ हुनेछ ।

 

Share News