डिशहोममा वर्ल्ड कप हेर्न सकिने, ल्यायो उपहार योजना पनि

<p>काठमाडाैं । डिश मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ काे अवसरमा अभिय &#8216;फिल द म्याजिक अफ फुटबल इन डिशहोम&#8217; अभियान शुरु गरेको छ । यसका डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्ने भएको छ । कम्पनीले वर्ल्डकपका सबै खेलहरु २के रिजोलुशनमा प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको छ । हरेक चार/चार वर्षमा हुने विश्वकप फुटबललाई [&hellip;]</p>

काठमाडाैं । डिश मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ काे अवसरमा अभिय ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ ।

यसका डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्ने भएको छ । कम्पनीले वर्ल्डकपका सबै खेलहरु २के रिजोलुशनमा प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको छ ।

हरेक चार/चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका भन्दै नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ।

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम, जस्तै:- MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ ।

साथै,  सहभागीहरुले आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Share News