किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद जारी गर्ने

<p>काठमाडौं, ४ असोज । किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई ६१ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले ३ दशमलब २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका साथै कम्पनीले ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । उक्त निर्णय सोमबार बसेको ७४औँ सञ्चालक समितिको बैठकले गरेको [&hellip;]</p>

kisan_microfinanceकाठमाडौं, ४ असोज । किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई ६१ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले ३ दशमलब २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

त्यसका साथै कम्पनीले ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । उक्त निर्णय सोमबार बसेको ७४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ३ करोड २२ लाख रुपैयाँ पुग्ने छ । मंगलबार फाइनान्सको प्रतिकित्ता सेयर ४ हजार ५३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News