काठमाडौं, २ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो ।

उक्त स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । अन्य विभिन्न विधामा आफुलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरिएको थियो ।
एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् । यस भन्दा अधि मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजना अन्र्तगत मोटर साईकल उपहार पाएका थिए ।