६० लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, २ करोड १६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, २ असोज । आइतबार मात्र करिब ६० लाख ८४ हजार ३६८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । कास्की फाइनान्सको २ लाख ९९ हजार ३२६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कास्की फाइनान्सको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं, २ असोज । आइतबार मात्र करिब ६० लाख ८४ हजार ३६८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । कास्की फाइनान्सको २ लाख ९९ हजार ३२६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कास्की फाइनान्सको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, इनोभेटिभ डेभलपमेन्ट बैंकको ४ लाख ४३ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यसैगरि रिलायवल डेभलपमेन्ट बैंकको १३ लाख ५४ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस दुई डेभलपमेन्ट बैंकको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ ।

सो दिन मात्र २ अर्ब १६ लाख ८४ हजार ३२७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन प्रोफेशनल दियालो विकास बैंकको २०३ हजार कित्ता सेयर, मिसन डेभलपमेन्ट बैंकको २ लाख २४ हजार कित्ता सेयर र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको ७ लाख ३५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता सेयर, काँक्रे बिहार विकास बैंकको ५६ हजार कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ३२४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, सानिमा बैंक र काँक्रे बिहार विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सानिमा बैंकको १५१ लाख कित्ता सेयर र काँक्रे बिहार विकास बैंकको एक लाख ७२ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Share News