निर्वाचन अघि नै १२ कक्षाको पुरक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ । असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि तयारी गरेको हो । नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ ।

असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि तयारी गरेको हो ।

नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा १२ परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

उनले भने ‘चुनाव नभएको भए हामी कात्तिक भित्र नतिजा सार्वजनिक गर्न सक्थ्यौं । चुनावले गर्दा मंसिर दोस्रो हप्तासम्म हुन्छ ।’ कर्मचारी तथा शिक्षकहरु चुनावमा व्यस्त भएकोले काम सुस्त भईरहेको उनले जानकारी दिए ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिन्छ। दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

Share News