माफियाको जस्तो ब्यवहार नगर्न पत्रकारलाई गभर्नरको सुझाव

<p>काठमाडौं, ३१ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक परिवर्तनको लडाइ लामो समयसम्म चलेकोले आर्थिक विकास र समृद्धिको मुद्दा पछाडि परेको बताएका छन् । २०४६ सालको राजनीतिक परिवर्तन पछि पनि राजनीतिक अधिकारको लडाइ नसकिएको र २०६२÷६३ को आन्दोलन पछि प्राप्त राजनीतिक अधिकार संस्थागत गर्न समय लागेकोले आर्थिक मुद्दा आझेलमा परेका बताएका हुन् । नेपाल [&hellip;]</p>

काठमाडौं, ३१ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक परिवर्तनको लडाइ लामो समयसम्म चलेकोले आर्थिक विकास र समृद्धिको मुद्दा पछाडि परेको बताएका छन् । २०४६ सालको राजनीतिक परिवर्तन पछि पनि राजनीतिक अधिकारको लडाइ नसकिएको र २०६२÷६३ को आन्दोलन पछि प्राप्त राजनीतिक अधिकार संस्थागत गर्न समय लागेकोले आर्थिक मुद्दा आझेलमा परेका बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १७ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिको साँचो अन्यत्र भएको चर्चा चल्ने गरेको बताउदै अर्थतन्त्र संचालनको साँचो पनि अन्यत्रै भएको आफूलाई महसुस भएको पनि बताए ।

‘नेपाली राजनीतिको साँचो अन्यत्र छ भनेर राजनीतिक बृत्तमा चर्चा हुन्छ, म अर्थमन्त्री भएपछि के महसुस गरेको छु भने नेपाली अर्थतन्त्रको साँचो पनि नेपालीको हातमा रहेनछ, अर्थतन्त्रको साँचो वास्तबिक रुपमा नेपालीको हातमा ल्याउन हामीले धेरै मेहेनत गर्नुपर्ने मैले देखेको छु,’ महराले भने ।sejon

आफूहरु एकात्मक र सामन्तवादी अर्थब्यवस्था भत्काएर वास्तविक प्रतिस्पर्धात्मक अर्थब्यवस्था संचालन गर्न लागिपरेको पनि उनले दाबी गरे । अर्थब्यवस्था वास्तविक रुपमा नेपालीको हातमा ल्याउन र वास्तविक प्रतिस्पर्धात्मक अर्थब्यवस्था लागू गर्नको लागि छुट्टै नीतिको आवश्यकता रहेको पनि उनले बताए ।

‘नेपाली अर्थब्यवस्थालाई वास्तविक रुपमा प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाउन र नेपालीको हातमा ल्याउन एउटा नीति नै आवश्यक देखियो, अर्थमन्त्रालय अहिले यही नीति बनाउन लागेको छ,’ महराले भने ।

गभर्नरको गुनासो
कार्यक्रममा अर्थमन्त्री भन्दा अगाडि आफ्नो भनाइ राखेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले भने आर्थिक पत्रकारको भूमिकालाई लिएर गुनासो गरे । पत्रकारको क्षमता अभिबृद्धिका लागि राष्ट्र बैंक र ब्यक्तिगत रुपमा आफू लागिपरेपनि आर्थिक पत्रकारले आचार संहिता विपरितका कार्य गर्दा आफूलाई हिनताबोध भएको उनको गुनासो छ ।

‘पत्रकारिता सवैभन्दा संबेदनशील पेशा हो, राज्यको चौथो अंगको मान्यता दिएको छ भन्नुको अर्थ देशप्रतिको जिम्मेवारी र दायित्व अत्यन्तै धेरै छ भन्ने हो, निहित स्वार्थपूर्तिका लागि माफियाको जस्तो ब्यवहार पत्रकारले गर्न मिल्दैन, कसैलाई धम्क्याएर असुली गर्ने मनसायले प्रेरित समचारवाट हामी जस्ता मान्छे विचलित हुदैनौं, बरु त्यस्ता गतिविधिलाई नोटिसमा लिन्छौं, आत्मसम्मान प्राप्त हुने गरी पत्रकारिता गर्नुस्, कसैले दबाब दिएर आत्मसम्मानमा चोट पुर्याउने गरी काम गर्न लगाउछ भने पेशा परिवर्तन गर्नुस्, पत्रकार आचार संहिताको पालना गर्नुस्,’ गभर्नर डा. नेपालले भने ।

डा. नेपालले आर्थिक विषय बस्तु प्रति आफ्नो धारणा राखेनन् । उनीभन्दा पहिला बोलेको सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारको लागि आचार संहिता आवश्यक भएको भनाइ  राखेका थिए । सोही विषयलाई उठाउदै उनले पत्रकारको भूमिका मार्गदर्शकको रुपमा हुनुपर्ने भन्दै यस्तो बताएका हुन् ।

Share News