
एजेन्सी । भारत सरकारले चिनी निकासीमा लगाएको प्रतिबन्ध २०२३ अक्टुबरसम्म लम्ब्याएको छ । घरेलु बजारमा चिनीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै भारतले १ जुन २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । चिनीको उच्च निकासीपछि भारतमा चिनीको मूल्य बढेको मानिएको छ ।
भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिल पछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबईमा भारतले सबैभन्दा धेरै चिनीको निर्यात गर्दै आएको छ ।
नेपालमा पनि भारतबाट ठूलो परिमाणमा चिनी आयात हुने गर्दछ । भारतले गत वर्ष ७० लाख र यो वर्षमा ८१ लाख चिनी निर्यात गरिसकेको छ । भारतले चिनी निर्यातलाई बन्द गरेपछि त्यसको असरले नेपालमा समेत चिनीको मूल्यमा प्रभावन पर्न सक्ने अनुमान गरिएको छ ।