
एजेन्सी । भारत,गुजरातको मोरबीमा आइतबार साँझ १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा १ सय ४० भन्दा धेरैको मृत्यु भएको जनाइएकाे छ। पुल चुँडिदा करिब ४ सय मानिसहरु नदीमा डुब्न पुगेका थिए । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् ।
अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ। आइतबार साँझ ६ः३० बजे ७ सय ६५ फिट लम्बाई र ४ दशमलव ५ फिट चौडाई रहेको झोलुङ्गे पुल चुँडिदा दुर्घटना हुन पुगेको हो । २५ अक्टोबरमा सर्वसाधारणका लागि खुला गरिएको पुलमा आइतबार अत्याधिक भिड हुन पुगेको थियो । सोही अधिक भिडका कारण दुर्घटना भएको बताइएको छ ।
जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल गत असोज २५ गते मात्र खोलिएको थियो । यसको उद्घाटन २० फेब्रुअरी १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए।