
एजेन्सी । पोर्न फिल्म हेर्ने बालबालिकामा असुरक्षित यौनसम्पर्क हुने सम्भावना बढी हुने देखिएको छ । एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो । अनुसन्धानमा पोर्न फिल्म हेर्ने १२ सय बालबालिकालाई समावेश गरिएको थियो । यी बालबालिकामा फिल्ममा देखाइएको यौन दृश्यको प्रभाव परीक्षण गरिएको थियो।
अमेरिकाको डार्थमाउथ कलेज र आइभी लिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले १९९८ देखि २००४ सम्म ६८४ चलचित्रहरूको सर्वेक्षण गरेका थिए। आइज वाइड शट’ जस्ता फिल्मलाई ‘मोर सेक्स सीन’ श्रेणीमा राखिएको थियो भने ‘लर्ड अफ द रिङ्सः द रिटर्न अफ द किंग’लाई ‘लेस सेक्स दृश्य’ श्रेणीमा राखिएको थियो।
सर्वेक्षणले यौन दृष्यले भरिपूर्ण चलचित्र हेर्ने बालबालिकामा यौनसम्पर्क र यौन क्रियाकलापको सम्भावना बढी हुने देखाएको छ । यसै क्रममा एउटा नयाँ अनुसन्धानले यौनसम्बन्धमा बनेको फिल्म हेर्ने बालबालिकाले यस्ता फिल्म नहेर्ने बालबालिकाको तुलनामा पहिलो पटक यौन अनुभव धेरै चाँडो हुने खुलासा गरेको छ । यस्ता बालबालिका असुरक्षित यौनसम्पर्कमा पर्न सक्ने देखिएको छ ।