इयुले सन् २०३५ सम्ममा पेट्रोलियम इन्जिन कारमा प्रतिवन्ध लगाउने

<p>एजेन्सी । युरोपेली संसद र युरोपेली संघका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार र भ्यान बिक्रीमा प्रतिबन्ध लगाउने सहमति गरेका छन् । ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । यो दशकमा ग्लोबल वार्मिङ निम्त्याउने ग्यासहरुको उत्सर्जन कटौती गर्ने [&hellip;]</p>

एजेन्सी । युरोपेली संसद र युरोपेली संघका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार र भ्यान बिक्रीमा प्रतिबन्ध लगाउने सहमति गरेका छन् । ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।

यो दशकमा ग्लोबल वार्मिङ निम्त्याउने ग्यासहरुको उत्सर्जन कटौती गर्ने लक्ष्य प्राप्ति गर्नका लागि डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएर बिहीबार वार्ताकारहरुले पहिलोपटक हस्ताक्षर गरेका हुन् । युरोपेली संसदले भनेको छ, ‘यो सम्झौता यूएन कोप२७ जलवायु परिवर्तन सम्मेलन अगाडि स्पष्ट संकेत हो कि इयु जलवायु कानून मा तोकिएको थप महत्वाकांक्षी लक्ष्यहरु सम्म पुग्न ठोस कानून अपनाउन गम्भीर छ ।’

ब्लकको तथ्याङ्क अनुसार यातायात क्षेत्रले मात्रै सन् १९९० देखि २०१९ सम्ममा ३३ प्रतिशतले हरितगृह ग्यास उत्पादन गरिरहेको छ । इयुको सडक यातायातबाट हुने कुल सिओटु उत्सर्जनको ६१ प्रतिशत यात्रुवाहक सवारी साधनहरुले उत्पादन गर्ने गर्दछन् ।

नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र कार निर्माता कम्पनीहरू पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । ईयूले पारित गरेको सहमतिअनुसार अब युरोपियन युनियनले सन् २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक कानुनको मस्यौदा बनाउने छ ।

Share News