काठमाडौं, २९ भदौ । ओरियन्टल होटलले लगानीकर्तालाई २६ दशमलब ३२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र ६ दशमलब ३२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त निर्णय पारित गर्न कम्पनीले आगामी असोज १९ गते वार्षिक साधारणसभा बोलाएको छ । साथै, सोही प्रयोजनका लागि कम्पनीले आगामी असोज ६ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्न लागेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड ७७ लाख रुपैयाँ रहेको छ । बुधबार ओरियन्टलको प्रतिकित्ता सेयर ६१५ रुपैयाँमा कारोबार भएको छ ।