सफ्टवेरिका कलेजले दियाे २८ लाखकाे छात्रवृत्ति

<p>काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो रकम बराबरको छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउनेमा कलेजका ३०, ३१ र [&hellip;]</p>

काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजले स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो रकम बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति पाउनेमा कलेजका ३०, ३१ र ३२ औं ब्याचका विद्यार्थीहरू रहेको कलेजका प्रमुख प्रमोद पौडेलले बताए । उनको अनुसार छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले सतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका छन्।

विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको पौडेलले बताएका छन् ।

Share News