काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले दुई महिनामै राजीनामा गरेका छन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् ।
आफूले प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन् ।
बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् ।
बेलायतमा अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् ।