फेसबुकमा भाइरसको हमला, क्लिक नगर्नुस् तपाईको व्यक्तिगत डेटा चोरी होला !

<p>फेसबुकमा भाइरसको हमला भएको छ। यो भाइरसले आफुले पोस्ट नै नगरेका कुरा पनि देखाइदिने गरेको छ। यो कसले गर्यो र किन गर्यो भनेर यकिन भएको छैन। यो भाइरसको असर फेसबुकको टाइमलाइनमा देखिनेछ। कुनै प्रयोगकर्ताको ‘वाल’ मा उसको फ्रेन्ड लिस्टमा भएको कुनै साथीले लिंक पोस्ट गरेको देखिनेछ। लिंकमा चलाइरहेको प्रयोगकर्ताकै फोटो भएको भिडियो भनेर आउँछ। जस्तैः [&hellip;]</p>

फेसबुकमा भाइरसको हमला भएको छ। यो भाइरसले आफुले पोस्ट नै नगरेका कुरा पनि देखाइदिने गरेको छ। यो कसले गर्यो र किन गर्यो भनेर यकिन भएको छैन।
यो भाइरसको असर फेसबुकको टाइमलाइनमा देखिनेछ। कुनै प्रयोगकर्ताको ‘वाल’ मा उसको फ्रेन्ड लिस्टमा भएको कुनै साथीले लिंक पोस्ट गरेको देखिनेछ। लिंकमा चलाइरहेको प्रयोगकर्ताकै फोटो भएको भिडियो भनेर आउँछ। जस्तैः ABCD shared a link to XYZ’s Timeline.
यसमा क्लिक नगर्नुहोला। यदि गरेमा आफ्नो नामबाट पनि अरु साथीको वालमा यस्तै पोस्ट हुनेछ।  यो क्लिक गर्दैपिच्छे साङ्ली जस्तो जानेछ। जानकारहरुका अनुसार यसले तपाईको व्यक्तिगत सूचना चोर्नका लागि यो टुल अपनाएको हुनसक्ने बताएका छन्।

Share News