काठमाडौं, २७ भदौ । सिटिजन्स बैंक इन्टरनेशनलले प्रस्ताव गरेको करिव १६ प्रतिशत लांभाश राष्ट्र बैंकले स्वीकृति दिएको छ ।राष्ट्र बैंकले १५.०८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
बैंकले बोनस सेयर ७५ करोड ६ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । त्यस्तै, ३ करोड ९५ लाख ०९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले बोनस सेयरपछि १० बराबर २.५ को अनुमानतमा हकप्रद सेयर पनि निष्काशन गर्ने भएको छ । यी सबै प्रस्ताव अनुमोदन गर्न बैंकले असोज १६ गतेका लागि साधारणसभा बोलाएको छ ।