सानिमा बैंकले एक लाख ६८ हजार कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्दै

<p>काठमाडौं, २६ भदौ । सानिमा बैंकले एक लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्ने भएको छ । बैंकले असार १२ गतेदेखि साउन १६ गतेसम्म २ बराबर एकको अनुपातमा निष्काशन गरेर गर्दा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो । सानिमाले एक करोड ५३ लाख एक हजार ४ सय ४० कित्ता हकप्रद सेयर [&hellip;]</p>

sanima_bankकाठमाडौं, २६ भदौ । सानिमा बैंकले एक लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्ने भएको छ ।
बैंकले असार १२ गतेदेखि साउन १६ गतेसम्म २ बराबर एकको अनुपातमा निष्काशन गरेर गर्दा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो ।

सानिमाले एक करोड ५३ लाख एक हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । साधारण सेयरधनीका लागि निष्कशित सेयर मध्ये एक लाख ६८ हजार ५ सय ३१ कित्ता सेयर भने बिकेको थिएन् । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित हकप्रद सेयरका लागि देशभरका आफ्ना शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयलाई आवेदन संकलन केन्द्रका रुपमा तोकेको थियो ।

बैंकले बोलकबोलमा हकप्रद सेयर खरिद गर्न चाहनेहरुले असोज ९ गतेदेखि असोज १६ गतेसम्म सानिमा क्यापिटलमा आवेदन दिन सक्ने जनाएको छ ।

Share News