भूकम्पपछि एउटै स्कुल बनाएन सरकारले, बनाउनुपर्ने स्कूलको संख्या ७ हजार ९२३

<p>काठमाडौं २६, भदौ । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बेरेर कोठा बारियो। मान्द्रो कुहिएपछि वरिपरि जस्तापाता लगाएर १६ महिनादेखि [&hellip;]</p>

काठमाडौं २६, भदौ । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बेरेर कोठा बारियो। dolakha-School

मान्द्रो कुहिएपछि वरिपरि जस्तापाता लगाएर १६ महिनादेखि जेनतेन कक्षा चलिरह्यो। अब ७ देखि १० कक्षासम्म पढाइ हुने टहरा भदौ २९ भित्र हटाइसक्नुपर्ने म्याद जग्गाधनीले दिएका छन्। म्याद विद्यालयले पटक पटक सार्दै आएको समाचार आइतबारको कान्तिपुर दैनिकमा छापिएको छ।

‘जग्गाधनीले यो अन्तिम म्याद हो, जसरी भए पनि हटाउन भनेका छन्,’ प्रधानाध्यापक कमल रिमालले भने,‘ अब विद्यार्थीलाई कहाँ राखेर पढाउनुरु’ थापाको जग्गामा रहेको टहरा पनि चैत मसान्तसम्म हटाउन समय दिएका छन्।

विद्यालय भवन भत्किएको १६ महिनामा जग खन्ने सुरसारसमेत छैन। जग्गाधनीले आफ्नो घर बनाउन नक्सा तयार भइसकेको भन्दै अन्यत्र सार्न आग्रह गरेको जानकारी प्रधानध्यापक रिमालले दिए।

यो विद्यालय गत वर्ष शिक्षा मन्त्रालयको मूल्यांकनमा मुलुककै उत्कृष्ट भएको थियो। अर्काको बारीमा टहरा बनाए पनि सबै कक्षा एकै समयमा चल्दैनन्। कक्षा ६ देखि १० सम्म बिहान र तल्लो तहका कक्षा दिउँसो चल्छ।

भवन पुनर्निर्माण गरिदिन सरकालाई बारम्बार हार गुहार गर्दा पनि कतैबाट सहयोग जुटेन। विद्यालय आफैंले दाता खोज्यो। तर सरकारले स्वीकृत दिएन।

Share News