मनास्लुमा मृत भेटिइन् अमेरिकाकी चर्चित स्की आरोही

<p>काठमाडौं । अमेरिकाकी चर्चित स्की आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन् । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार [&hellip;]</p>

काठमाडौं । अमेरिकाकी चर्चित स्की आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन् ।

गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन् ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

Share News