गगनले रोके पूर्वउपप्रधानमन्त्रीको उपचार खर्च, देश वाहिरको खर्च राज्यले नबोहोर्ने 

<p>&nbsp; काठमाडौं २५, भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा। गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम [&hellip;]</p>

 

काठमाडौं २५, भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् ।

भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा। गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए ।hospital

प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका छन् ।

मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

प्रधानमन्त्री जी तपाई पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरुको स्वस्थ्य उपचार आगामी दिनमा स्वदेशमै हुनुपर्छ ।

तपाईहरु आफ्नो उपचार विदेशमाा गराउनुहुन्छ भने जुन देशमा गराउने हो, सोही देशले खर्च बेहोर्ने गरी हुनुपर्यो भन्ने समाचार शनिबारको अन्नपूर्णले छापको छ ।

Share News