काठमाडौं, २४ भदौ । यो साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । सो हप्ता ४१ हजार ८०५ कारोबारबाट ८ अर्ब ५२ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका एक अर्ब १६ लाख ७९ हजार सात सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २३.३३ प्रतिशत बढि हो ।
यस साता सेयर बजारमा नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.२२ अंकले बढेर अन्तिम दिन १८२३.०५ अंकमा पुगेको छ । सातामा बीमा समूहको परिसूचक ८२ अंकले बढेको छ । जलविद्युत र होटल समूहको परिसूचक क्रमशः ६६ र २४ अंकले बढेका छन् ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३९ अंकले बढेर ३९५.५७ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम ( ७६ करोड ८८ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ३४ हजार कित्ता) को आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६६८२ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ ।