काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल संचालन गर्न ४८ लाख ६५ हजार रुपैयाँ बजेट लाग्ने एन्फाले जनाएको छ । असोज ११ गते दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदैछ ।
एन्फाले खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकेको छ ।
मैत्रीपूर्ण खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ ।