काठमाडौं २३, भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको म्युचअल फन्ड अन्तर्गत इक्विटी फन्डले लगानीका लागि प्रस्ताव आव्हान गरेको छ । आगामी असोज २ गतेबाट जारी हुने लगानीका लागि कम्पनीले १० रुपैयाँ दरका १० करोड इकाइहरु जारी गर्ने भएको छ ।
कम्पनीले १० करोड रुपैयाँ बराबरको इकाइहरु निस्कासन गर्न आगामी असोज २ गतेदेखि छिटोमा ६ गते र ढिलोमा १६ गतेसम्मको समय तोकेको छ ।
कम्पनीले जारी गर्ने कुल इकाइमध्ये ८ करोड ५० लाख रुपैयाँ बराबरको इकाइमा मात्र सर्वसाधारणले आवेदन दिन पाउँछन् ।
सर्वसाधारणले कम्तिमा एक सयदेखि बढीमा एक करोड इकाइसम्म खरिदका निम्ति आवेदन दिन सक्नेछन्।
नबिल बैंक लिमिटेडको कोष प्रबर्धक कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नबिल इक्वीटी फन्डको लागि आवेदन माग गर्ने भएको छ ।