प्रचण्डको घरबेटीको कम्पनी कालोसूचीमा

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको घरबेटी सारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्ट्रक्सन कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गत साउन ८ गतेदेखि १ वर्षसम्मका लागि सो कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सो कम्पनीलाई कालोसूचीमा [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको घरबेटी सारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्ट्रक्सन कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गत साउन ८ गतेदेखि १ वर्षसम्मका लागि सो कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार शैलुङ कन्ट्रक्सनले कालो सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैन ।

शैलुङ कन्ट्रक्सन सँगै सार्वजनिक खरिद अनुगमन कार्यालयले श्री आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि कालोसूचीमा राखेको छ । ती २ कम्पनीका सञ्चालक विकास पुरी र अनुप अधिकारी रहेको कार्यालयले आफ्नो वेबसाइटमा विवरण उल्लेख गरेको छ ।

शैलुङ कन्ट्रक्सनलाई कालो सूचीमा राख्नको लागि अनुगमन कार्यालयलाई सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु, त्रिशुली/छहरे–विदुर सडक योजना, बत्तिसपुतली, काठमाडौंले सिफारिस गरेको कार्यालयले उल्लेख गरेको छ ।

Share News