पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातक तहको इन्जिनियरिङ संकायमा प्रवेश परीक्षाको आवेदन शुरु

<p>काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ संकायमा भर्नाको लागि प्रवेश परीक्षा फारम भर्न शुरु गरेको छ। भदौ २३ गते प्रवेश परीक्षाको लागि आवेदन फारम भर्ने सूचना प्रकाशित गर्दै विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुलमा प्रवेश परिक्षाका लागि अनलाइनमार्फत आवेदन फारम भर्न आह्वान गरेको हो । विश्वविद्यालयले बिइ अन्तर्गत सिभिल, बायोमेडिकल, इलेक्ट्रोनिक कम्यूनिकेसन तथा अटोमेसन, [&hellip;]</p>

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ संकायमा भर्नाको लागि प्रवेश परीक्षा फारम भर्न शुरु गरेको छ। भदौ २३ गते प्रवेश परीक्षाको लागि आवेदन फारम भर्ने सूचना प्रकाशित गर्दै विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुलमा प्रवेश परिक्षाका लागि अनलाइनमार्फत आवेदन फारम भर्न आह्वान गरेको हो ।

विश्वविद्यालयले बिइ अन्तर्गत सिभिल, बायोमेडिकल, इलेक्ट्रोनिक कम्यूनिकेसन तथा अटोमेसन, इलेक्ट्रिकल, जियोमेटिक र बायोमेडिकलमा प्रवेश परीक्षाको लागि आवेदन माग गरेको छ । त्यस्तै विश्वविद्यालयले ब्याचलर इन आर्किटेक्चर विषयमा प्रवेश परीक्षाको लागि आवेदन माग गरेको छ ।

विश्वविद्यालयले प्रवेश परीक्षाको लागि खुलाएको आवेदनमा इच्छुक विद्यार्थीहरुले असोज २६ गते सम्म २ हजार आवेदन शुल्क बुझाई प्रवेश परिक्षाको फारम भर्न सक्नेछन भने बिलम्ब शुल्क ३ हजार बुझाएर कार्तिक ७ गतेसम्म आवेदन भर्न सक्नेछन् । विद्यार्थीहरुले आफुले इच्छ्याएको कलेज रोजेर अनलाइनमार्फत आवेदन भर्न सकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस विश्वविद्यालयको सूचना :

Share News