काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको थियाे ।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहेको थियो ।
जब फेयरमा कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिएका थिए । जब फेयरमा कुल २३३ कामकाे लागि अन्तर्वार्ता भएको कलेजले जानकारी दिएकाे छ ।
विद्यार्थीलाई कामकाे अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए ।
कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागीता रहेको थियो ।