अल्फा एकेडेमीमा नेपाली पठन सिप प्रतियोगिता सम्पन्न

<p>पोखरा । पोखराको लेखनाथमा रहेको अल्फा एकेडेमीमा नेपाली पठन सिप प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीको तहअनुसार भाषिक सिप विकास गर्ने उद्देश्यले साथ सो प्रतियोगिता गरेको जनाएको छ । तीन तहमा विभाजित गरी सम्पन्न गरिएको सो प्रतियोगितामा कक्षा १ देखि ३ सम्मको समूहमा कक्षा ३ की मन्सु परियार पहिलो, कक्षा ३ कै सृष्टि पतानी [&hellip;]</p>

पोखरा । पोखराको लेखनाथमा रहेको अल्फा एकेडेमीमा नेपाली पठन सिप प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीको तहअनुसार भाषिक सिप विकास गर्ने उद्देश्यले साथ सो प्रतियोगिता गरेको जनाएको छ ।

तीन तहमा विभाजित गरी सम्पन्न गरिएको सो प्रतियोगितामा कक्षा १ देखि ३ सम्मको समूहमा कक्षा ३ की मन्सु परियार पहिलो, कक्षा ३ कै सृष्टि पतानी दोस्रो र कक्षा १ की सोम्या ढुङ्गाना तेस्रो भएका थिए । कक्षा ४ र ५ को अर्को समूहमा कक्षा ४ का प्रजित रानाभाट पहिलो, कक्षा ५ का अर्पण भण्डारी दोस्रो र कक्षा ४ का सञ्जोग राना मगर तेस्रो भएका थिए ।

त्यस्तैगरी, कक्षा ६ देखि कक्षा ८ सम्मको अर्को समूहमा कक्षा ७ की प्रशंसा शर्मा पहिलो, कक्षा ६ की प्रिसी त्रिपाठी दोस्रो र कक्षा ८ की जुनिता रानाभाट तेस्रो स्थान ओगट्न सफल भएका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य रमेशराज पौडेलले विद्यार्थीमा भाषिक सिप विकास नभएसम्म उनीहरूको ज्ञानको दायरा फराकिलो नहुने भएकाले यस प्रकारका कार्यक्रमलाई विद्यालयले प्राथमिकताका दिँदै आएको बताएका थिए ।

यस्तै, कार्यक्रममा निर्णायक रेहकी विद्यालयकी शिक्षिका ज्योति रानाभाटले विद्यार्थीमा पछिल्लो समय नेपाली भाषाको भाषिक सिप निकै कमजोर रहेकाले विद्यार्थीलाई भाषिक सिप विकासमा निरन्तर लाग्न आग्रह गरेकी थिइन् ।

विद्यालयको अनुसरा प्रतियोगितामा उत्कृष्ट भएकमा विद्यार्थीमध्येबाट केहीलाई भदौ २४ गते नेसनल प्याब्सन कास्कीले आयोजना गर्ने नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा सहभागी गराइने छ ।

Share News