कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने

<p>काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए । यस वर्ष ग्रेड वृद्धि परीक्षामा एक लाख ३० हजार ८७८ परीक्षार्थी सहभागी हुन पाउने छन् ।बोर्डका उपाध्यक्ष डा शर्माले भने, ुयस वर्ष एक लाख ८८ हजार विद्यार्थी [&hellip;]</p>

काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए ।

यस वर्ष ग्रेड वृद्धि परीक्षामा एक लाख ३० हजार ८७८ परीक्षार्थी सहभागी हुन पाउने छन् ।बोर्डका उपाध्यक्ष डा शर्माले भने, ुयस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।ु

दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् ।

बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको थियो ।

यस वर्ष नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।

Share News