नेप्से परिसूचक दोहोरो अंकले बढेर १८३८ अंकमा, एक अर्ब ९२ करोडको कारोबार

<p>काठमाडौं, २० भदौ । सोमबार नेप्से परिसूचक १९ दशमलब ७ अंकले बढेर १८३८ दशमलब ९० अंकमा पुगेको छ । सो दिन १४४ कम्पनीको २२ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ९२ करोड १६ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २६ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको [&hellip;]</p>

nepse_mondayकाठमाडौं, २० भदौ । सोमबार नेप्से परिसूचक १९ दशमलब ७ अंकले बढेर १८३८ दशमलब ९० अंकमा पुगेको छ । सो दिन १४४ कम्पनीको २२ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ९२ करोड १६ लाख रुपैयाँमा सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २६ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंकको १८ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सो दिन सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, कसमस डेभलपमेन्ट बैंक र कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सबैभन्दा बढी बोटलर्स(नेपाल) का लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् ।

सोमबार उत्पादनमूलक समूह र बीमा समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । होटल समूह ४९, बैंकिङ् समूह २६, विकास बैंक समूह ११, अन्य समूह १०, हाइड्रोपावर समूह ७ र फाइनान्स समूहको परिसूचक ६ अंकले बढेका छन् । उत्पादनमूलक समूह र बीमा समूहको परिसूचक क्रमशः ३३ र शून्य दशमलब ३८ अंकले घटेका छन् ।

Share News