
काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षमा सञ्चालित कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले सञ्चार माध्यमसँग कुराकानी गर्दै आज मंगलबार साँझसम्म परीक्षाफल प्रकाशित हुने बताएका छन् ।
बोर्डले गत जेठको १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा लिएको थियो । जसमा देशैभरीका ९ हजार २ सय ९२ परीक्षा केन्द्रमार्फत् ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका थिए ।