काठमाडौं, २० भदौ । एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १९ भदौमा बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
संचालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुने छ ।
यस्तै सहारा विकास बैंकले १ बराबर १.५ कित्ताको दरले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । हकप्रद निस्कासन प्रयोजनको लागि २२ भदौदेखि बुक क्लोज हुदैछ ।