हुबहु प्रश्नपत्र निकाल्नेलाई त्रिविद्वारा कारवाही, नाम सार्वजनिक भने नगर्ने

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेका प्राध्यापकहरुमाथि कारवाही गरेको जनाएको छ । तर, सो घट्नामा संलग्न व्यक्तिहरुको नाम सार्वजनिक गर्न नमिल्ने त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविले विद्यार्थीको परीक्षामा अघिल्लो वर्षको परीक्षामा सोधिएको हुबहु प्रश्नपत्र निकाल्ने प्राध्यापकलाई कारबाही गरिएको जनाएको हो । विषय संवेदनशील भएकाले [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेका प्राध्यापकहरुमाथि कारवाही गरेको जनाएको छ । तर, सो घट्नामा संलग्न व्यक्तिहरुको नाम सार्वजनिक गर्न नमिल्ने त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविले विद्यार्थीको परीक्षामा अघिल्लो वर्षको परीक्षामा सोधिएको हुबहु प्रश्नपत्र निकाल्ने प्राध्यापकलाई कारबाही गरिएको जनाएको हो । विषय संवेदनशील भएकाले नाम सार्वजनिक गर्न नमिल्ने उपकुलपति बाँस्कोटाले बताएका छन् ।

हुबहु प्रश्नपत्र प्रकाशन गर्ने प्राध्यापकहरुलाई तीनवर्षसम्म पठनपाठन र परीक्षाका काममा रोकिएको र उनीहरुलाई विभागीय कारबाही गरिएको उपकुलपति बाँस्कोटाको भनाइ छ । सुरक्षाको खतर हुने भएकाले नाम सार्वजनिक नगरिएको उनले बताइएका छन् ।

Share News