भारतीय सेनामा नेपाली भर्ती स्थगित

<p>काठमाडौं । नेपालले हालको लागि भारतिय सैनिकको लागि नेपालबाट हुने भर्ती स्थगित गरेको छ । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले यस्तो निर्णय गरेको हो । बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री नारायण खड्काले यस्तो बताएका हुन् । भारतले नयाँ भर्नाका लागि गत असार पहिलो सातादेखि [&hellip;]</p>

काठमाडौं । नेपालले हालको लागि भारतिय सैनिकको लागि नेपालबाट हुने भर्ती स्थगित गरेको छ । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले यस्तो निर्णय गरेको हो ।

बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री नारायण खड्काले यस्तो बताएका हुन् ।

भारतले नयाँ भर्नाका लागि गत असार पहिलो सातादेखि अग्निपथ नामको नयाँ योजना ल्याएको थियो । यस योजनाअनुसार नयाँ भर्ती भएकाहरुले ४ वर्षमात्र सेवा गर्न पाउनेछन् जसपछि केहीलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर फर्काइनेछ । उनीहरूले पेन्सनको सुविधा पनि पाउने छैनन् ।

Share News