एनएमबी म्युचुअल फण्डले ल्यायो हाईब्रिड फण्ड एल १, ६८ करोड लगानीको अवसर

<p>काठमाडौं, १९ भदौ । एनएमबी म्युचुअल फण्डले हाईब्रिड फण्ड एल १ मार्फत ६८ करोडको म्युचुअल फण्ड ल्याएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी हाईब्रिड फण्ड एल १ का लागि १० रुपैंया मूल्य अंकित ६ करोड ८० लाख कित्ता सेयरका लागि आवेदन मागिएको हो । लगानी कर्ताले न्युनतम एक [&hellip;]</p>

mutual_fundकाठमाडौं, १९ भदौ । एनएमबी म्युचुअल फण्डले हाईब्रिड फण्ड एल १ मार्फत ६८ करोडको म्युचुअल फण्ड ल्याएको छ ।
एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी हाईब्रिड फण्ड एल १ का लागि १० रुपैंया मूल्य अंकित ६ करोड ८० लाख कित्ता सेयरका लागि आवेदन मागिएको हो ।

लगानी कर्ताले न्युनतम एक सय देखि ८० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । भदौ २६ गतेदेखि निष्काशन खुल्ला योजनाका लागि ढिलोमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ८० करोडका लागि आवेदन मागेको भएपनि १४ प्रतिशत एनएमबी बैंक र एक प्रतिशत एनएमबी क्यापिटलका लागि छुट्याएर बाँकी ईकाई संगठित वित्तिय संस्था तथा सर्वसाधारणका लागि निष्काशन खुल्ला गरेको हो ।

एनएमबी हाईब्रिड फण्ड एल १ को भुक्तानी अवधी ७ वर्षको हुनेछ ।

Share News