काठमाडाैं । ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो नेपालको आयोजना गरिँदै आइएको छ ।
नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् ।
फाइनलमा धनुषाका आशिष शाह( शिक्षा प्राविधिक), चितवनका विमर्ष पौडेल (चलचित्र निर्माता) माेरङकी दर्शना रिजाल(महिला अधिकारकर्मी) अछामका निश्चल सिंह विष्ट(इकोप्रेनेउर) धनुषाका राहुल रञ्जन शाह(खगोल विज्ञान प्रेमी) र माेरङकी सृजना गौतम(सामाजिक कार्यकर्ता) रहेका छन् ।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिनेछ ।